आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि

एपी खबर २०७९ कार्तिक २७, आईतबार (२ हप्ता अघि) ५१ पाठक संख्या

काठमाडौँ- पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार कुल नमूनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।यसअवधिमा ३० जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस