आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

बारा ४ मा एमालेको जीत पक्का

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक २९, मंगलबार (१ हप्ता अघि) ४१ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ लोसन्डामा नेकपा एमालेले रात्री भेला सम्पन्न गरेको छ । मंसिर ४ को निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधी र प्रदेश सभाका उमेदवारलाई जीताउने अभियान अन्तरगत यो रात्री भेला सम्पन्न भएको हो ।

 

कार्यक्रममा नेकपा एमाले र जसपाका नेताहरुले बारा निर्वाचन क्षेत्र ४ बाट नेकपा एमालेको सुर्य चिन्हका उमेदवार प्रतिनिधी सभा अन्तरगत एकवाल मिया र प्रदेश सभा अन्तरगत देवनारायण चौधरीलाई आफ्नो मत दिएर जीताउन अपिल गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता एवम पुर्व प्रदेश सभा सदस्य सुन्दर विकले एमाले सरकारको समयमा भएको बजार भाउ गठबन्धनको सरकार भएको बेला दोबरले महगंो भएका ले विकास संवाहक एमाले नै देशको विकास गर्ने दाबी गर्नुभयो ।

 

उहाँले एमाले एक्लै जनतामा आउने तागत गरेपनि अरु पार्टिहरु त्यो हिम्मत गर्न नसकेको बताउदै मंसिर ४ को निर्वाचन पश्चात एमाले पहिलो पार्टि बनेर केन्द्र र प्रदेशमा आफ्नो एकल सरकार बनाउने दाबी गर्नुभयो ।

 

यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेबाट प्रतिनिधी सभाका उमेदवार एकवाल मियाँले जनताको पैसाले निजी जग्गामा प्रखाल लगाउनेले जनताको विकास गर्ने भन्ने कुरा गफ र जनतालाई भ्रमीत पार्ने कुरा मात्र रहेको बताउनुभयो ।

 

कार्यक्रममा प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरी, नेकपा एमालेका नेता मनोज पौडेल, सिता गुरुगं, त्रिलोकविक्रम ठाकुरी लगाएको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस