आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक कार्यालयको कम्पाउण्ड भित्र बाट ७ वटा गाडिको ब्याट्री चोरी

एपी खबर २०७९ मंसिर १९, सोमबार (२ महिना अघि) १२४ पाठक संख्या

धिरेन्द्र तिवारी – कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको ट्राफिक कार्यालय कम्पाउण्ड भित्रबाट आइतबार राती ७ वटा गाडिको ब्याट्री चोरि भएको छ।ट्राफिक कार्यालयको कम्पाउण्डमा कलैया उपमहानगरपालिकाको गाडीहरू पार्किङ गरि राखेको अवस्थाबाट चोरहरुको समुहले ६ वटा ट्र्याक्ट्र १ वटा जेसिबिको ब्याट्री चोरेर लगेको कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साहले जानकारी दिनु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले कलैया उपमहानगरपालिकाको गाडीको ब्याट्री चोरि गर्ने चोरहरुको गिरोहलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिने बताउनु भएको छ।तर प्रहरी रहेको ठाउबाट र कलैया उपमहानगरपालिकाका ४ वटा कर्मचार हुदाहुदै ब्याट्री चोरि भएकोमा चुनौतिको बिषय रहेको स्थानीयले बताएका छन।

प्रतिक्रिया दिनुहोस