आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

व्यवस्थापन र सेवामा सुधारिँदै प्रादेशिक अस्पताल गौर:- हासमी

एपी खबर २०७९ पौष ४, सोमबार (१ महिना अघि) १२१ पाठक संख्या

रौतहट — प्रादेशिक अस्पतालका रूपमा रहेको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालको प्रशासनिक व्यवस्थापन र सेवा सुविधामा धेरै सुधार बन्दै गएको प्रदेश सरकारको अध्ययनले देखाएको छ ।मधेस प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा गठित न्यूनतम् सेवा मापदण्ड मूल्यांकन समितिले गरेको अध्ययनका आधारमा अस्पतालको प्रशासनिक व्यवस्थापन र बिरामीहरू लाई सेवा सुविधामा धेरै सुधार आएको छ ।

 

 

गत वर्षको तुलनामा यस वर्ष अस्पतालले आफ्नो कार्य सम्पादन र बिरामीलाई उपलब्ध गराउने सेवामा सुधार ल्याएको समितिले जनाएको छ । मूल्यांकनमा खटिएका समितिका फोकल पर्सन मो.अनवर हासमीले अहिले प्रादेशिक अस्पतालले आफ्नो सेवालाई धेरै सुधार आएको छ । हालसम्म गरिएको मधेस प्रदेशको ए लेबलको अस्पतालको मूल्यांकनमा अस्पतालको आन्तरिक व्यवस्थापन र बिरामीलाई सेवामा धेरै सुधार प्रादेशिक अस्पताल मधेस प्रदेसको आठौ जिल्ला अस्पतालपछिको आठौ अस्पताल बनेको छ ।

 

 

प्रादेशिक अस्पतालको सुशासन र व्यवस्थापन, उपचार तथा क्लिनिक र सहयोग सेवा गरी तीन विषयममा केन्द्रित रही मूल्यांकन गरिएको फोकल पर्सनले बताए ।

 

 

अस्पतालको सुशासन र व्यवस्थापनमा ३० प्रतिशत, उपचार तथा क्लिनिकमा ६० प्रतिशत र सहयोग सेवामा ३० प्रतिशत अंक रहेको छ । अस्पतालको सुशासन र व्यवस्थापन अन्तर्गत अस्पताल विकास समितिको कार्यशैली, आर्थिक पक्ष, सेवाग्राहीको गुनासो र गुनासो समाधान, अस्पतालको सुरक्षा व्यवस्थापन, प्रशासनिक पक्ष, उपकरणको व्यवस्थापन र मर्मतसम्भार पक्षलगायतका विषयमा केन्द्रित रहेर मूल्यांकन गरिन्छ ।

 

 

क्लिनिक अन्तर्गत बिरामीलाई उपलब्ध गराइने उपचारसम्बन्धी पक्ष, औषधि, प्रयोगशालाको अवस्था, फार्मेसी, शय्या, उपचारसँग सम्बन्धित उपकरणको व्यवस्था, चिकित्सकको सेवा, चिकित्सकको सेवाको प्रभावकारिता लगायतका विषयमा र सहयोग सेवाअन्तर्गत खानेपानी, फोहर व्यवस्थापन, वार्षिक कार्ययोजना, सूचना अधिकारीको व्यवस्था, बिरामीलाई एकद्वार प्रणालीको व्यवस्था, हेल्प डेस्कजस्ता पक्षमा केन्द्रित रहेर मूल्यांकन गरिएको हो ।

 

 

प्रादेशिक अस्पताल गौरका व्यवस्थापन अध्यक्ष मो.अनवर हासमीले प्रादेशिक अस्पतालको व्यवस्थापन र बिरामीलाई उपलब्ध गराइने सेवा सुविधा सोचेभन्दा राम्रो पाइएको जनाए । प्रादेशिक अस्पताल गौरका विकास समितिका अध्यक्ष मो.अनवर हासमीले अस्पतालको यो नतिजा अस्पतालमा कार्यरत सबैको सामूहिक प्रयासको प्रतिफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस