धिरेन्द्र तिवारी / बारा- बाराको महागढिमाई नगरपालिकाको वडा नम्बर दुई स्थित रहेको ने .रा . अधारभुत बिधयालयमा शनिबार निशुल्क अँखा सिबिर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
महागढिमाई नगरपालिकाको आर्थिक सहयोग र गढिमाई युवा सोसाइटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ३१२ जानाको निशुल्क अँखा चेकजाँच गरि निशुल्क अौषधि बितरण गरिएको छ। साथै ३५ जना पुरुष र २ जना महिला गरि ३७ जनाले रक्तदान गरेका थिए ।
शिबिरमा चेकजाँच गराउन आएकालाई किरण अँखा आस्पताल बिरगंजका डाक्टर समझना चौधरिको नेतृत्वमा डाक्टरले अँखा चेकजाँच गर्नुको साथै रेडक्रस सोसाइटी बिरगंजको प्राबिधिक सहयोगमा रक्तदान भएको थियोे ।
कार्यक्रम गढिमाई सोसाइटीका सभापति सोनु कुमार गुप्ताको सभापतित्वमा भएको थियो ।कार्यक्रमका बिशिस्ट अथिती जसपाका केन्द्रिय सदस्य रामबाबु प्रसाद यादव, बडा नम्बर २ का बडा अध्यक्ष बिश्वानाथ प्रसाद कुशवाहा ,
अथिती वडा नम्बर ६ का वडा अध्यक्ष गेनालाल यादव, वडा नम्बर ७ का वडा अध्यक्ष शिवबिरेन्द्र प्रताप सिंह ,१० का वडा अध्यक्ष चन्दन गुप्ता को उपस्थिति रहेको थियो।
कार्यक्रमका संचालन सोसाइटीका सचीव ज्ञान प्रकाश रौनियारले गरेका थिए । सोसाइटीका सदस्य अनिल चौरसियाले जनकारी गराुनु बताएका छन।
प्रतिक्रिया दिनुहोस