रौतहट – रौतहटमा मोटरसाईकल र म्याजिक एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ ।
ना १ ज ६७४९ नम्बरको म्याजिकमा बा ३९ प् ६८६५ नम्बरको मोटरसाइकल सखुअवा चौकमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। मृत्यु हुनेमा रौतहट जिल्ला माधवनारायण नगरपालिका २ बस्ने बर्ष ६५ परमात्मा प्रसाद साह र वडा न ३ बस्ने बर्ष ५५ को गोकर्ण यादव रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि घाईते भएको दुवै जनाको तराई सिटि होस्पितल सुकदेव चौकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता प्रहरीले म्याजिक चालकलाई नियन्त्रणमा राखेर ठप्प अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस