आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

छिमेकीको घरमा चोरी गरेको आरोपमा जीतपुर बाट एकै घरको ५ जना प्रहरीको नियन्त्रणमा

अखिलेश यादव, रौतहट २०७९ पौष २०, बुधबार (१ महिना अघि) ९४७ पाठक संख्या

सिमरा- बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुर मदरसा टोलमा आफ्नै छिमेकी नसरुदीन देवानको घर बाट मंगलबार राति चोरी गरेको आरोपमा रिजवाना खातुन सहित उनको घरको अन्य ४ जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

नासरुदीन देवानको श्रीमती कनारवाली खातुन घरमा सुतेको बेला रिजवाना खातुनको छोरा,भाई आएर आफुलाई कुटेको र घर भित्र रहेको गरगहना र नगद ३ लाख रुपैयाँ चोरेर भागेको पिडित कनारवाली खातुनले रुदै एपीखबरलाई बताएकी छिन ।

 

नसरुदीन देवानको घर बाट चोरी गरेको केहि समान रिजवाना खातुनको घर बाट प्रहरीले भेट्टाएको कारण रिजवाना खातुनको छोरा, भाई र बहिनीलाई प्रहरीले उनको घर बाट सोधपुछको लागि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बिहान ३ बजे देखि नै प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएर रिजवाना खातुनको घर तलासी गर्न खोज्दा रिजवाना खातुनेले घरको तलासी गर्न प्रहरीलाई घर भित्र छिर्न न दिएको र उल्टै प्रहरी आथि नै ढुंगा मुदा तातो पानिमा खुर्सानीको धुलो मिसाएर खन्याउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले रिजवाना खातुन आफ्नो घरको ढोका खोल्न न माने पछि बल प्रयोग गर्न खोज्दा पछि रिजवाना खातुनले प्रहरीलाई घर भित्र प्रवेश गर्न दिएको थियो ।प्रहरीले घर भित्र खोज तलास गर्दा रिजवाना खातुनको घर बाट प्रहरीले गरगहना,मोबाइल नगद पैसा समेत बरामद गरे पछि रिजवाना खातुन सहित उनको घरको अन्य ४ जना सदस्यलाई सोधपुछाको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

रिजवाना खातुनको कारण मदरसा टोलको स्थानीयहरु धेरै समस्यामा पर्ने गरेको स्थानियहरुले दुखेसो गरेको छ । झुठो मुदाको आरोपमा बारम्बार रिजवाना खातुनले मदरसा टोलको जनता माथि जाहेरी दिएर दुख दिने गरेको स्थानियहरुले दुखेसो गरेको छ ।

प्रतिक्रिया दिनुहोस