आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

विद्युत सवस्टेशनको पर्खाल खस्दा बाराको जितपुर सिमरामा एक जनाको मृत्यु

एपी खबर २०७९ पौष २४, आईतबार (१ महिना अघि) २६८ पाठक संख्या

सिमरा – विद्युत सवस्टेशनको पर्खाल खस्दा बाराको जितपुर सिमरामा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–९ बस्ने ३० वर्षका सुनिल राई रहेको प्रहरीले जनाएको छ।

 

जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुहिमा रहेको विद्युत प्राधिकरणको सवस्टेशनको पर्खाल खस्दा एक जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।सवस्टेशनमा ठेक्कामा काम गर्ने राईले कन्ट्रोल रुमको पर्खालको इँटा फुटाउने क्रममा पर्खाल खस्दा उनी घाइते भएका थिए। घाइते भएका राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस