आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य तोलामा चार सय घट्यो

एपी खबर २०७९ पौष २६, मंगलबार (४ हप्ता अघि) ६५ पाठक संख्या

काठमाडौँ – सुनको मूल्य मंगलबार तोलामा चार सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

 

तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो।मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस