आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

राप्रपाले लगायाे मन्त्रीकाे टुङ्गाे, यी हुन् पाँच मन्त्री

एपी खबर २०७९ माघ ३, मंगलबार (३ हप्ता अघि) ५७ पाठक संख्या

काठमाडौँ – अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जान लागेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार मन्त्री र एक राज्यमन्त्री गरी पाँच मन्त्रालय पाएकाे छ।

 

उपप्रधान तथा उर्जामन्त्रीमा अध्यक्ष लिङ्देनकाे टुङ्गाे लागेकाे छ भने अन्य तीन मन्त्रीहरूमा: धवल शमशेर, धुर्वबहादुर प्रधान र विक्रम पाण्डे रहेका छन्।एक जना राज्यमन्त्री काे बन्ने भन्ने टुङ्गाे लगाउन बाँकी रहेकाे राप्रपाले जनाएकाे छ।

 

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुङ्ग्याएको छ हाे। जसअनुसार राप्रपाले चार मन्त्रालय पाएको छ भने एक राज्यमन्त्रालय पाएकाे छ।नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस