आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

नेपालि बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढ्यो

एपी खबर २०७९ माघ ६, शुक्रबार (१० महिना अघि) २१४ पाठक संख्या

काठमाडौँ – सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ।बिहीबार प्रतितोला एक लाख चार हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार दुई सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस