आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

युवा अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलम पक्राउ

एपी खबर २०७९ माघ ९, सोमबार (२ हप्ता अघि) ११२ पाठक संख्या

काठमाडौं  – युवा अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलम नेपाल टि२० लिगमा स्पोट फिक्सिङको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले आदिल र महबुबलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार अन्य क्रिकेटरहरुलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ ।

आदिल अन्सारीले नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । खेलको दौरानमा आदिलले फ्ँयालेको एक नो बल चर्चामा रहँदै आएको थियो । आदिलले फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याँलेको नो बलले उनीमाथि शंका बढ्दै गएको थियो । महबुब आलम भने स्पोट फिक्सिङको लागि बाहिरबाट भूमिका खेलेको बताइदै आएको थियो ।

 

गत पुष १९ मा नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) र स्पोट फिक्सिङ बारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानविनका लागि निर्देशन दिएको थियो । सिआईबीले आशंका लागेका क्रिकेटरसँग अनुसन्धार गरेको थियो ।

 

आदिलले नेपालबाट ६ ओडिआई र ८ टि२० आई खेल खेलेका छन् । आदिलले मधेश क्रिकेटबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

 

अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको बताएका थिए । महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सिमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।

 

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल टि २० लिग पुष ९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । पहिलो पटक आफैले आयोजना गरेको नेपाल टि २० लिगका लागि क्यानले सेभन थ्री स्पोर्टससँग कर्मसियल एन्ड स्ट्र्याटिजिक पार्टरका रुपमा सम्झौता गरेको थियो । तर सेभेन थ्रिका संस्थापक जतिन र सिइओ अभिषेक नेपाल टि२० लिगको बीचमै भारत गएका थिए ।साभार हाम्रोखेलकुद

प्रतिक्रिया दिनुहोस