आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको किसानको पिडा : उखु खेतमै सुकेपछि स्थानियले दाउरामा प्रयोग गर्दै

एपी खबर २०७९ माघ ९, सोमबार (२ हप्ता अघि) ६२ पाठक संख्या

पुष्पराज खतिवडा । बारा: नगदेबाली उखु विक्रि गर्न नपाउँदै खेतमै सुकेपछि स्थानियले दाउरामा प्रयोग गरिरहेका छन् । बाराको कलैया उपमहानगरपालिका १६ श्रीपुरमा रहेको रिलायन्स चिनी मिलले सिफारिस गरेको सिओजी ०२३८ जातको उखु खेतमा सुकेपछी दाउरा बाल्न किसान बाध्य बनेका हुन् ।

 

बर्षेबाली उखु लगाएका किसानको उखुबालिमा रोग लागेर काट्नु अगावै खेतैमा उखु सुकेको हो । काट्ने बेला नहुँदै उखुबाली मर्न थालेपछि किसान चिन्तामा थिए । सूरुमा श्रावाण भाद्र तिर बालि मर्ने सामान्य समस्या देखिएको थियो । समस्या एकाएक बढ्दै जाँदा पुरै खेत खाली हुने अवस्था बनाईदिएको किसानहरुले बताए ।

 

अन्य जातको उखुबालि लगाउन नदिएर चिनी मिलले जवरजस्ती गरेको किसान विरेन्द्र दासले बताए । बोट राम्रो आएको पनि थियो । तर रोग लाग्यो । मर्ने रोगले आफ्ने २ विगाहमा लागएको उखुबालि दाउरामा परिणत भयो । अहिले आफु सहित स्थानियले दाउराको रुपमा लगिरहेका छन् उनले सुनाए ।

 

चिनी उद्योगले किसानलाई मरेको उखुबालिको क्षेतीपूर्ती दिनु पर्ने हो । उसैले सिफारिस गरेको अझ दिएको जातकै उखु लगाएका हौं । अहिले दाउरा बाल्नु पर्दा पिडा भएको उनले बताए ।सराईका बालि सुकेपछि मान्छेहरुले दाउरामा प्रयोग गर्न घरघरमा थुपारिहेका छन् । पुष माघको कठ्याग्रिदा जाडोमा उखुको दाउरा निकै काम लागेको आगो तापिरहेका रामभरोष महराले भने सराईमा बिचारा किसानको उखु सुकेर विजोग छ । त्यही खुकेको उखु बटुलेर आगो ताप्दै आएकाछौं ।

 

खेतमै उखु सुकेर पडित बनेका किसान क्षेतीपूर्तीको माग राखी आन्दोलनमा समेत आए । चिनीमिलको गेटअगाडीको कलैया पिलुवा सडक जाम गरेर आन्दोलनमा उत्रिएका किसानका पक्षमा कतैबाट सुनुवाई नभएको उखु किसान संघ बाराका सचिव गोरख यादवले बताए ।गत मंसिर अन्तीमसाता आन्दोलनका क्रममा सडक जाम खोलेर बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटवालको समन्वयमा चिनी उद्योगीसंग बसेको किसान प्रतिनिधिहरुको बैठक बसेको थियो ।

 

सोक्रममा चिनीमिल संचालक राजकुमार अग्रवालले आफुले क्षेतीपूर्ती दिन नसक्ने भन्दै आत्मासमर्पण गरेका थिए । त्यसपछि बैठकले क्षेतीको एकीन विवरण संकलन गर्ने र क्षेतीपूर्तीकालागि सरकारसँग पहल गर्ने निर्णय गरेको थियो, उखु किसान संघका सचिब यादवे भने ।
जिल्लामा लामो समय देखी उखु खेती हुँदै आएको छ ।

 

कलैया उपमहानगरपालिका २,१६, १७,२४,२६,२७ र जितपुरसिमरा उपमहानगपालिकाको १७, १८, २०, २१, ११ वडाहरुका किसानको मुख्यबालि समेत उखु हो ।यस क्षेत्रमा करिब २ हजार ४ सय विगाह क्षेत्रफलमा उखु सुकेको उखु किसान उनले बताए । यसबाट हजारौं किसानको करोडौ रुपैंया क्षेती भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस