आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

बिलबिजकभन्दा बढीको सामान बोकेका तीन वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

एपी खबर २०७९ माघ १०, मंगलबार (२ हप्ता अघि) ३१ पाठक संख्या

वीरगञ्ज – वीरगञ्जको विभिन्न ट्रान्सपोर्टबाट सामान लोड गरी छुटेका बिलबिजकभन्दा बढीको सामान बोकेका तीन वटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

 

वीरगञ्ज –२६ चण्डाल चोकमा चेकजाँच गर्ने बेला तिनै वटा ट्रक फेला परेको थियो । चेकजाँचको क्रममा बीआर ०५ जी ९४९१ नम्बरको पिकअप, ना ५ ख ३८४७ नम्बरको मालवाहक ट्रक र वडा नम्बर १० आदर्शनगर स्थित बा.प्र. ०३–००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा बिलबिजक शंकास्पद देखिएकोले ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

के इन्टरप्राइजेज ट्रासपोर्ट, बीएस ट्रान्सपोर्टबाट पठाइएको ट्रक र पिकअपमा लोड गरिएको २ करोड १२ लाख ९२ हजार ४ सय ५२ रुपैयाँ बराबरको सामानको बिलबिजक शंकास्पद देखिएपछि आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस