बारा – बाराबाट एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न अपराधमा अदालतबाट सजाय पाएर फरार रहँदै आएका उनीहरुलाई पक्राउ गरिएको हो।अदालतको आदेश कार्यान्वयन गराउने क्रममा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ६ वर्ष ५ महिना १० दिन कैद सजाय पाएका प्रतिवादी बारा कलैया उपमहानगरपालिका–१ बस्ने विजय दास, सात लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पचरौता नगरपालिका–२ बस्ने एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढ नगरपालिका–१ बस्ने बासु चौधरीलगायत छन्।
पक्राउ परेकामध्ये ३६ जनालाई तोकिएको सजाय भुक्तानको लागि कारागार कार्यालय वीरगञ्जमा पठाइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस