सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्रीको पहलमा नेपाल राष्ट्रिय आधारभूत बिधयालय बजनीको १५० जना छात्र छात्राहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
सिप्रदियन सहायता संस्था बिरगंज र बजनीको सहयोगमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर बिधयार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । संस्थाले कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई ९० हजार भन्दा बढी मूल्यको कपडा वितरण गरेको थियो ।
चिसोको प्रकोप बाट बच्नको लागि बिद्यार्थीहरुलाई राहत पुग्ने उदेश्यले आफुले पहल गरे पछि सिप्रदियन सहायता संस्थाले ९२ हजार को न्यानो कपडा बिद्यार्थीहरुलाई उपलब्ध गराएको वडा अध्यक्ष कार्कीले एपी खबरलाई बताए ।
न्यानो कपडा वितरण कार्यक्रममा वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्री सहित जनप्रतिनिधि, स्थानीय अगुवा र सहयोगी संस्था सिप्रदियनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस