आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी

एपी खबर २०७९ माघ १४, शनिबार (१ महिना अघि) ८० पाठक संख्या

काठमाण्डाै – भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

 

भारतका वासिन्टन सुन्दरले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनको यो पहिलो टी–२० अर्धशतक हो । सूर्यकुमार यादव ४७ रनमा आउट भए । भारतका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका माइकल ब्रेसवेल, मिचेल सान्टनारले समान २/२ विकेट लिए ।

 

लोकी फर्गुसन, जकोब डफी र इश सोधीले १/१ विकेट लिए । त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । न्युजिल्यान्डका डर्याल मिचेलले अविजित ५९ रन बनाए । उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए।

 

डेभन कन्वे ५२ रनमा आउट भए । भारतका वासिन्टन सुन्दरले २ तथा अर्शदीप सिंह, शिवम माभी र कुलदीप यादवले १/१ विकेट लिए । भारत र न्युजिल्यान्डबीचको दोस्रो खेल आइतवार लखनउमा हुनेछ । यसअघि भएको एकदिवसीय शृङ्खला भारतले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस