आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि आइतबार नै प्रक्रिया थाल्ने

एपी खबर २०७९ माघ १४, शनिबार (१ महिना अघि) १४२ पाठक संख्या

काठमाडौं । रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि आइतबार नै प्रक्रिया थाल्ने भएका छन् ।

 

सर्वोच्च अदालतले शुक्रबार रवि नेपाली नागरिक नरहेको फैसला गरेसँगै उनी पुनः नागरिकता प्राप्ति प्रक्रियामा जान लागेका हुन् ।अमेरिकी नागरिकता त्यागेका लामिछानेले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगर्दा अदालतको फैसलाबाट एक साथ सांसद, मन्त्रीसहित चार पद गुमाएका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले लामिछानेले आइतबार नै पुनः नागरिकता प्राप्तिका लागि प्रक्रिया थाल्ने बताए ।रवि नेपाली नागरिक नभएको सर्वोच्चको फैसलापछि उनी नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य के हुने भन्ने अन्योल देखिएको छ । ढकाल रविकै नेतृत्वमा पार्टी अघि बढ्ने बताउँछन् ।

 

संविधानअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने भएकाले नागरिकता लिएपछि रविलाई पुनः पुरानै जिम्मेवारीमा फर्किंन पनि कतिपयले सुझाएका छन् । तर यसबारेमा भने उनको पार्टीले कुनै निर्णय लिएको छ ।

प्रतिक्रिया दिनुहोस