आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार

एपी खबर २०७९ माघ १६, सोमबार (१ महिना अघि) ८९ पाठक संख्या

काठमाडौं– धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका छन्। सोमबार बिहान विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरु फरार भएका हुन्।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्व खड्काका अनुसार हिरासतको पर्खाल फोडेर उयनीहरु भागेका हुन्। भागेका थुनुवाहरुको खोजी भइरहेको उनले जानकारी दिए।

 

घटनाबारे अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने बताए। प्रहरी स्रोतका अनुसार उक्त हिरासतमा ७ जना थुनुवा रहेका थिए। सवारी ज्यान मुद्दाका एक जना भने त्यही रोकिएको पाइएको छ।

 

फरार हुनेहरुमा हात हतियार तथा खरखजाना मुद्दाका दुई जना, शान्तिसुरक्षा मुद्दाका तीन जना र लागुऔषध मुद्दाका एक जना रहेका छन्। उक्त इलाका प्रहरी कार्यालय ढल्केबरदेखि जनकपुर जाने बाटोमा पर्दछ।प्रहरीले पुरानो भवन भएका कारण पर्खाल भत्काएर भागेको बताए पनि प्रहरीको सुरक्षाा घेराबाट पर्खाल भत्काएर भाग्दासमेत कसैले पत्तो नपाउनु भने शंकास्पद देखिएको छ।

प्रतिक्रिया दिनुहोस