आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा माओवादी केन्द्र को स्थायी कमिटीको बैठक आज १ बजे बस्ने

एपी खबर २०७९ माघ २१, शनिबार (१ महिना अघि) ७६ पाठक संख्या

काठमाडौं –पटक-पटक सरेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी आज शनिबार बस्ने भएको छ।

 

समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई केन्द्रीय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक आज दिउँसो १ बजे बोलाइएको हो।

रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बीचमा बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो। त्यसपछि शुक्रबार दिउँसो ३ बजेको बैठक पनि बस्न नसके पछि शनिबारलाई सारिएको थियो।बैठकले मुख्यतः रास्वपासँगको बिबाद र केन्द्रीय विभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस