आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने

एपी खबर २०७९ माघ २३, सोमबार (१ महिना अघि) ५३ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन् ।दुई कार्यकाल सकिनै लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसद्लाई संयुक्त रूपमा विशेष सम्बोधनलाई विदाइ सम्बोधन भनेर चर्चा हुन थालेको छ ।

 

 

निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई विदाइ सम्बोधन भनिएको हो ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस