आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिदिवशीय नि: शुल्क आत्मरक्षा तालिमको सुरुवात

एपी खबर २०७९ माघ २४, मंगलबार (१ महिना अघि) ८९ पाठक संख्या

सिमरा : नेपाल सितोरियो कराँते शाखा डाेजाे जितपुरले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेका बिधालयहरुमा अध्ययनरत बिधार्थीहरुलाइ आत्मरक्षा तालिम दिने सुरु गरेको छ ।

 

जितपुरका बिधार्थीहरुले भबिष्यमा भइपरि आउने समस्यबाट कसरी जाेगिन सकिन्छ ,आफुलाइ कसरी रक्षा गर्न सकिन्छ भन्ने अभिप्रयले ३ दिन नि: शुल्क आत्मरक्षा तालिम दिन सोमबार देखि सुरुवात गरिएको प्रशिक्षक मनाेज कुमार साहले बताए ।

 

यश भेगमा रहेका प्रत्येक बिधालयमा ३-३ दिन गरि नि: शुल्क आत्मरक्षा तालिम कार्यक्रमको प्रथम पटक सुरुवात गरेको नेपाल सितोरियो कराँते शाखा डाेजाे जितपुर र प्रशिक्षक मनाेज कुमार साहलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी राजु गिरीले सराहना गरे । कार्यक्रमकाे उद्घाटन केयर भिजन स्कुलबाट गरिएको छ ।

 

कार्यक्रमका अतिथि खेलाडी अभिभावक रामजन्म मुखिया , चन्द्र बहादुर सिह, बिधालय शिक्षाका इमराेज असारी, धर्मेन्द्र मुखिया , राज कुमार साह , लगायत उपस्थिति रहेको थियोे । कार्यक्रम का सहजिकरण रबिन्द्र कुमार सहनीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस