आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

एपी खबर २०७९ माघ २५, बुधबार (१ महिना अघि) १३६ पाठक संख्या

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा राष्ट्रपति निर्वाचन लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

 

 

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारमा आएको संकट लगायत विषयमा पनि छलफल भएको बताइएको छ ।आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा गरी बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।

 

आज सुदूरपश्चिम सरकारले विश्वासको मत लिने र लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन पनि हुँदैछ ।यसअघि मंगलबार पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।-

प्रतिक्रिया दिनुहोस