आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

प्रभास र कृति सेनन अर्को हप्ता इन्गेजमेन्ट गर्दै

एपी खबर २०७९ माघ २६, बिहिबार (१ महिना अघि) ७८ पाठक संख्या

काठमाडौं– प्रभास र कृति सेनन अर्को हप्ता इन्गेजमेन्ट गर्दैछन्? आफूलाई ओभरसीज सेन्सर बोर्डको सदस्य भनी दाबी गर्ने एक सामाजिक सञ्जाल प्रयोगकर्ताले यो खुलासा गरेका छन्।

प्रयोगकर्ताले प्रभास र कृतिको इन्गेजमेन्टको ठाउँ पनि बताएका छन्। यसबारे प्रभासको टिमको प्रतिक्रिया पनि आएको छ।दक्षिण एसियाली फिल्म क्रिटिक्स र ओभरसिज सेन्सर बोर्डको सदस्यको रूपमा दाबी गर्ने उमर सन्धुले आफ्नो पोस्टमा प्रभास र कृतिको इन्गेजमेन्ट भएको दाबी गरेका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘ब्रेकिंग न्यूजः कृति सेनन र प्रभास अर्को हप्ता माल्दिभ्समा इन्गेजमेन्ट गर्दैछन्।’

 

यस दाबीमा प्रभासको टोलीले प्रतिक्रिया दिँदै उनलाई र कृतिलाई साथी भनेका थिए। एक अंग्रेजी समाचार वेबसाइटसँग कुरा गर्दै प्रभासको टोलीले भने, ‘प्रभास र कृति मात्र साथी हुन्। उनीहरुको इन्गेजमेन्टको खबर सत्य होइन।’

 

प्रभास र कृतिको सम्बन्धको चर्चा यो पहिलो पटक होइन।

 

यसअघि दुवैको आगामी फिल्म ‘आदिपुरुष’ को टिजर सार्वजनिक भएपछि उनीहरु एक अर्कालाई डेट गर्दैछन् भन्ने चर्चा सुरु भएको थियो। पछि कृति सेननसँग फिल्म ‘भेडिया’ मा देखिएका वरुण धवनले करण जोहरको शोमा कृति प्रभाससँग डेट गरिरहेको संकेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस