आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

मुस्ताङबाट पोखरा आउँदै गरेको यात्रुवहाक बस दुर्घटना हुदाँ १७ जना घाईते

एपी खबर २०७९ फागुन ३, बुधबार (१ महिना अघि) ४५ पाठक संख्या

पोखरा – मुस्ताङबाट पोखरा आउँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको छ।मुस्ताङको थसाङ गाउँपालिका- ३ धम्पुमा बुधबार बिहान साढे ८ बजे ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भएको हो।म्याग्दी कोरोला यातायातको बस सडकबाट करिब ५० मिटर तल कालीगण्डकी नदीमा खसेको हो। दुर्घटनामा सवार सबै यात्रुसँगै चालक सहचालक गरेर १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसी रवीन्द्र पौडेलले बताए।

 

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। ३ जना सामान्य र १२ जना मध्यम घाइते भएको उनले जानकारी दिए। ‘सामान्य घाइते ३ जनाको लेतेको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बाँकीको थप उपचारका लागि एम्बुलेन्समा पोखरा पठाइएको छ’, उनले भने।

 

बसमा मुस्ताङ घुम्न गएका २ भारतीय पर्यटक पनि सवार रहेका खुलेको छ। म्याग्दी र मुस्ताङका स्थानीय पनि सवार थिए।प्रहरी चौकी नजिकै दुर्घटना भएकाले तत्कालै उद्धार गरेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।कालीगण्डकीमा खसेको बसलाई प्रहरीले केहीबेर अगाडि निकालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस