आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

ह्वाट्सएप अकाउन्ट डिलिट भएपछि पनि बाँकी रहन्छ तपाईँले पठाएको मेसेज ?

एपी खबर २०७९ फागुन ७, आईतबार (७ महिना अघि) १६८ पाठक संख्या

काठमाडौं । ह्वाट्सएप इन्टरनेटमा सर्वाधिक प्रयोग हुने मेसेजिङ एप हो । हरेक महिना २० लाख बढी सक्रिय प्रयोगकर्ता हुने यो सेवामा २ अर्ब बढी प्रयोगकर्ता जोडिएका छन् ।

 

विभिन्न काम, स्कुल, सरकारी कार्यालय तथा विभिन्न स्थानमा ह्वाट्सएपको प्रयोग अपरिहार्य जस्तै बनिसकेको छ । फोटो, भिडिओ, लिङ्क तथा टेक्स्ट पठाउन प्रयोग गरिने यो एप व्यावसायमा पनि अत्यधिक बढी प्रयोग हुन्छ । यद्यपि विविध कारणले हामी ह्वास्टएप अकाउन्ट डिलिट गर्ने गर्छौं । तर के हामीले हाम्रो ह्वाट्सएप अकाउन्ट डिलिट गरिसकेपछि पनि हाम्रो च्याटहरू रहिरहन्छ त ?

 

तपाईँले ह्वाट्सएप अकाउन्ट डिलिट गरे पनि उक्त प्लेटफर्मबाट गरेको कुराकानी भने रहिरहन्छ । यसको अर्थ तपाईँले अकाउन्ट डिलिट गरेर सबैसँग भएका कुराकानी हटाउन सक्नुहुन्न । अकाउन्ट डिलिट भइसकेपछि पनि च्याट यथावत् रहिरहने भएकाले मेसेज हटाउन अकाउन्ट डिलिट गर्ने उपाय गलत हुनसक्छ ।

 

आखिर किन यस्तो हुन्छ त ? ह्वाट्सएप वा त्यस्तै मेसेजिङ प्लेटफर्मबाट गरिएका कुराकानी एकोहोरो हुँदैनन् । अर्थात् तपाईँले पठाएका मेसेज अर्को व्यक्तिको डिभाइसमा जान्छ भने उसले पठाएको मेसेज तपाईँको डिभाइसमा आउँछ । त्यसैले तपाईँले ह्वाट्सएप अकाउन्ट डिलिट गर्नु भनेको तपाईँको अकाउन्टबाट मात्रा मेसेज हट्नु हो । तपाईँले मेसेज पठाएको व्यक्तिको डिभाइसमा मेसेज सेभ भएर बसेको हुन्छ ।

 

यदि अन्य व्यक्तिले केही गरी आफ्नो अकाउन्ट पनि डिलिट गरे वा च्याट डिलिट गरे भने मात्र तपाईँले गरेका कुराकानी सो व्यक्तिको डिभाइसबाट हराउँछ ।त्यसैले यदि कुनै मेसेज तत्कालै हटाउन पर्‍‍यो भने ह्वाट्सएपले ‘डिलिट फर एभ्रिवान’ (Delete For Everyone) को फिचर उपलब्ध गराएको छ ।

 

आफूले पठाएका मेसेज तत्कालै हटाउन तलको प्रक्रिया अपनाउनुहोस्:

याद गर्नुहोस् ह्वाट्सएपमा मेसेज पठाइसकेको एक घण्टाभित्र मात्र सबैका लागि हटाउन सकिन्छ ।

– सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् ।

– त्यसपछि आफूले एक घन्टाभित्र मेसेज पठाएको व्यक्तिको अकाउन्ट छान्नुहोस् ।

– अनि, आफूले डिलिट गर्नुपर्ने च्याटलाई ट्याप गरेर केही समय होल्ड गर्नुहोस् ।

– र, माथि रहेको डिलिटको आइकनमा क्लिक गर्नुहोस् ।

– अनि ‘डिलिट फर एभ्रिवान’ (Delete For Everyone)को अप्सनमा क्लिक गर्नुहोस् ।

– यति गरेपछि उक्त मेसेज दुबै डिभाइसबाट हट्छ । तर, याद गर्नुहोस् सो व्यक्तिले तपाईँले मेसेज हटाउनुअघि नै मेसेज हेरिसकेको पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस