सिमरा : जीतपुरमा अवस्थित रहेको केयर भिजन स्कुल बाट सुरु भएको आत्मरक्षा सम्बन्धि नि: शुल्क तालिम आज सम्पन्न भएको छ ।
नेपाल सितोरियो कराँते शाखा डाेजाे जितपुरले जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको सम्पूर्ण बिधालयका छात्रछात्राहरुकाे लागि सुरु गरेको तीन दिने नि: शुल्क आत्मरक्षा तालिम सोमबार फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ ।
डाेजाेले जितपुरका बिधार्थीहरुलाइ जिवनका विभिन्न क्षणमा आइपर्ने समस्य र जाेखिमबाट जाेगिने उपायको बारेमा सीप प्रदान गर्ने उदेश्यले तालिम कार्यक्रम सुरु गरेको थियोे ।तालिममा आफ्नो जिवनकाे सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बारेमा जीतपुरका सम्पूर्ण बिद्यालयमा तीन/तिन दिन सम्म सीप सिकाइको प्रशिक्षक मनाेज कुमार साहले बताउनुभयो । जितपुर क्षेत्रमा पहिलोपटक बिधार्थीहरुकाे लागि आत्मरक्षा तालिमकाे आयाेजना गरिएको थियोे ।
तालिममा जितपुर क्षेत्रका प्रत्येक बिधालयका बिधार्थीलाई ३/३ दिनका लागि नि: शुल्क आत्मरक्षा सम्बन्धि सीप दिएको प्रशिक्षक साहले बताउनुभयो ।समापन्न कार्यक्रमको प्रमुख अतिथि रहेको राजु साहले आत्मराक्षा तालिमले बिधयार्थीहरुले आफु संकटमा परेको बेला मजाले सिकेको तालिमको सदुपयोग गर्ने भए पछि आफु निकै नै हर्षित भएको र उहाँले प्रशिक्षक मनोज साहले बिद्यार्थीहरुलाई निशुल्क रुपमा प्रदान गर्दै आईरहेको कराते सम्बन्धि बिभिन्न तालिम आफैमा प्रशंसा युक्त रहेको बताउनु भयो ।
त्यस्तै समपन्न कार्यक्रमलाई सम्बोधन गर्दै सहिद स्मारक स्कूल जीतपुरका शिक्षक जयनारायण यादवले बिद्यार्थीलाई पढाईको साथ् साथै खेलकुदको क्षेत्रमा पनि ध्यान दिए भने बिधयार्थिहरु शारीरिक रुपमा पनि मजबूत हुने बताउनु भयो ।शारीरिक रुपमा स्वक्ष भए पछि हामीले सोचेको लक्ष्य समेत पुरा गर्न सजिलो भएको हुनाले आत्मरक्षा जस्ता तालिम आउदो दिनमा पनि संचालन भए भने बिद्यार्थीहरुलाई धेरै थोक सिक्न पाउने उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस