आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

नक्कली किनरले आफ्नो नाममा धाक धम्की दिएर पैसा अशुल्ने काम गर्यो: निशा किनर

एपी खबर २०७९ फागुन ९, मंगलबार (१ महिना अघि) ५६ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १,२,३,४,१४,१५ र २१.२२ नम्बर वडा मा नक्कली किनरहरुलाई आफ्नो नाम राखेर धाक धम्की देखाई पैसा लिने गरेको किनर ग्रुपको प्रमुख निशा किनरले बताएकी छिन ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकांश वडामा आफु निशा किनरको शिष्य भएको र आफुलाई उहाँले नै पैसा लिन पठाएको र पैसा न दिने पसलेलाई गालि गलौज र कुटपिट समेत गर्ने गरेको निशा किनरले बताएकि छिन ।

 

जुमराती मियाले १० जनाको नक्कली किनरको समूह लिएर अनावस्यक रुपमा पसलेलाईहरुलाई किन दुख दिनु हुन्छ भनेर प्रहरीले समेत आफुलाई आएर समातेर लागेको समेत उहाँले बताईन ।जुमराती मियाँले कपडा परिवर्तन गरेर पैसा माग्ने क्रममै आफुले समातेको निशा किनरले बताएकी छिन ।नेहा किनरले नक्कली किनरहरुले आफ्नो ना बद्नाम गर्ने उदेश्यले समाजमा नराम्रो कामहरु गरिरहेकोले समयमै प्रहरीले यस्ता कार्य गर्नेहरु माथि निगरानी बढाउनु पर्ने समेत उनले प्रहरी सग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस