सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरको शान्ति टोल खेलमैदानमा फागुन १२ गते देखि जिल्ला स्तरीय ७ औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ ।
नेपाल सितोरियो कराते शाखा डोजोले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन १२ गते सुरु हुने र १३ गते सम्पन्न हुने जनाएको छ ।प्रतियोगिताको अनुमानित खर्च ४ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको नेपाल सितोरियो कराते शाखा डोजोले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।
जिल्ला स्तरीय ७ औं सितोरियो कराते प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार , दृतिय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको साथ् साथै मेडल र सिल समेत प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।७ औं सितोरियो कराते प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जीतपुर , जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ कार्यालय जीतपुर , बाबा हार्डवेयर जीतपुर,आरभ ट्रेडिङ्ग जीतपुर , राजा स्क्रीन प्रिन्टिंग जीतपुर लगाएतका संस्थाले प्रतियोगितामा सहयोग गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस