धिरेन्द्र तिवारी –कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको ब्राईट ल्यान्ड बोर्डिङ्ग स्कूलले २१ औं बार्षिक उत्सव भब्य रुपमा मनाएको छ ।बोडिङ्गका संस्थापक अध्यक्ष रामअधार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवं बारा जिल्ला सह ईन्चार्ज बारा क्षेत्र नम्बर ३ ख का मधेस प्रदेश सभा सदस्य महमम्द समिरले बोडिङ्गको सफलताको कामना गर्दै कार्यक्रममा सहभागी भएका अभिभावकहरुलाई छोरी वा छोरा भए तापनि शिक्षाको बिषयमा दुबैलाई एक समानको दृस्टिकोणले हेर्न अभिभावकहरुलाई आग्रह गर्नु भयो।त्यस्तै प्रदेश सभा सदस्य समिरले अहिलेको प्राबिधिक युगमा शिक्षा नभएका व्यक्तिले राम्रो संग कुनै किसिमको काम सजिलो संग गर्न नसकिने बताउनु भयो।उक्त बार्षिकोत्सव कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादव, मनकामना बोडिङ्गका संस्थापक रामबाबु कुशवाहा, पत्रकार महासंघ बाराका सचिव अनिल कुमार गौरब लगायतले शुभकामना मन्तब्य राखनु भएको थियो ।
कार्यक्रममा २०७८ सालको एस ई.ई. परिक्षामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई र विभिन्न खेलमा उतकृष्ट गरेका छात्राछात्रलाई प्रमुख अतिथि महमम्द समीरले पुरस्कार बितरन गरेको थियो । कार्यक्रममा अभिभावक शिक्षक लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेकोे थियो ।
प्रतिक्रिया दिनुहोस