आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

एपी खबर २०७९ फागुन २३, मंगलबार (२ हप्ता अघि) २५ पाठक संख्या

धनुषा :धनुषाको मिथिला नगरपालिका–१० लालगढमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार गएराति राति ११ बजेतिर बर्दिवासबाट लालगढतर्फ आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–१ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एकजना सडक मानवको मृत्यु भएको हो ।

 

मोटरसाइकलले सडक मानवलाई ठक्कर दिएको हो । दुर्घटनामा सिकिस्त घाइते भएका अपरिचित उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस