बारा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आज देखि आफ्नो वडामा नि:शुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको छ ।आर्थिक बर्ष २०७९/८० को बजेट बाट वडा न ३ बजनिले शुक्रबार देखि नि:शुल्क स्वास्थ्य शिविर संचालनमा ल्याए पछि वडा बासि हर्षित भएका छन् ।
वडा भित्र रहेका बृद्ध वृद्धाह,गरिब,असहाय परिवारले रोगको चेंक जाँच गराउने बाट बन्चित हुदै आएको बेला वडाले स्वास्थ्य शिविरको आयोजना गरे पछि अब बिरगंज ,कलैया,काठमाडौँ जाने बाट छुटकारा भएको स्थानीयहरुले बताएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीले बिगत केहि दिन देखि आफ्नो वडा बासीको लागि बिभिन्न किसिमको प्याकेज ल्याएर वडा बासीलाई हर्षित गर्दै आईरहेको छ । किसानामुखी कार्य तत्काल बन्द भए पछि वडा न ३ ले शुक्रबार देखि आफ्नो वडा बासीको लागि नि:शुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएर वडा बासीलाई हर्षित गरेका छन् ।
गरिब असहाय,अपाङ्ग,बृद्ध वृद्धाहरुले सजिलै संग आफ्नै वडा कार्यालयको स्वास्थ्य चौकीमा आएर रोगको उपचार गराउने उदेश्यले जीतपुरसिमराकै मेडिकल अधिकृत नर्श ल्याब लगाएतको टोलीलाई बोलाएर शुक्रबार देखि नि:शुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको र यो स्वास्थ्य शिविरमा चिकित्सकले लेखेको औषधि निशुल्क रुपमा प्रदान गरिने जीतपुरसिमरा उपमहा नगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्की बताउनु भयो । त्यस्तै उहाँले अब देखि हरेक महिनाको २ दिन आफ्नो वडामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिने समेत बताउनु भयो । आउदो दिनमा शारीरिक रुपमा अशक्त भएका ब्यक्ति लागि घरमै चिकित्सक पठाएर चेक जाँच गराईने व्यवस्था मिलाउने समेत उहाँले बताउनु भयो ।
शुक्रबार १० बजे देखि सुरु भएको स्वास्थ्य शिविरमा उपचार गराउन आएको बिरामीहरुको भिड बढेको छ । नि:शुल्क स्वास्थ्य शिविरमा कान,आँख,नाक,घाँटी,चिनी रोग ,रुघा खोकी लगाएत जस्ता रोगको नि:शुल्क चेंक जाँच हुनुको साथ् साथै नि:शुल्क रुपमा औषधि समेत उपलब्ध भए पछि वडा बासि निकै नै हर्षित भएको छ ।
प्रतिक्रिया दिनुहोस