आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

स्ववियु निर्वाचनको विषयलाई लिएर वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसमा आगजनी

एपी खबर २०७९ फागुन २६, शुक्रबार (२ हप्ता अघि) २६ पाठक संख्या

वीरगञ्ज – वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी भएको छ। अगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको विषयलाई लिएर शुक्रबार विवाद उत्पन्न भएपछि क्याम्पसमा केही विद्यार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हो ।

 

मतदाता नामावली प्रकाशन गर्दा नक्कली विद्यार्थीहरुको समेत नामावली प्रकाशित गरेको आरोप लगाउँदै विद्यार्थीहरुले विरोध गरेपछि विवाद उत्पन्न भएको थियो।क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख रामविनय प्रसाद यादवले विद्यार्थीको नामावलीमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले उनको राजीनामा माग गरेका थिए। सोही क्रममा विवाद बढेको थियो।

 

क्याम्पसमा आगजनी भएपछि प्रहरीले तीन जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ। प्रहरीले अनेरास्ववियु क्रान्तिकारीका नेता शिवम साह, एकीकृत समाजवादी निकटका सुजित गिरी र अनेरास्ववियुका नेता अभिषेक चौहानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

अगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। त्यसैको तयारीको लागि अहिले ठाकुरराम क्याम्स लागेको छ। क्याम्पसमा नामावलीको विषयलाई लिएर बिहीबारदेखि नै विवाद हुँदै आएको थियो। जसका कारण बिहीबार राति नै अन्तिम नामावली प्रकाशन गर्ने तयारी क्याम्पसले गरे पनि हालसम्म विवाद बढदै गएपछि अन्तिम नामावली प्रकाशन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस