पर्सा । विश्व नारी दिवसको उपलक्ष्यमा पर्सा चिकित्सक श्रीमती संघ र फोर.जि.आर.स्संस्थाको समन्वयमा शनिबार वार्ड न ३० लाल पर्साको हेल्थ पोस्टमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ४०७ जना स्थानियको स्वास्थ्य परिक्षण भएको संघकी सचिव श्रीमती निशा सिंहले जानकारी दिनु भयो ।
शिविरमा मुख्यत बरिष्ठ फिजिसियन डा.निरज सिंह, डा.राम किशोर सिंह, बाल रोग बिषेशज्ञ डा.अशोक दास, स्त्री रोग विषेशज्ञ डा.दिप्ती यादव, दन्त रोग विषेशज्ञ डा सोनी झा ठाकुर, डा. प्रेरणा सिंह लगायतले उच्च रक्त चाप, मधुमेह, ग्यास्ट्रीक, दाँत सम्वन्धी रोग,महिला स्वास्थ्य तथा प्रजन्न सम्वन्धी रोग,बाल बलिकाहरुको स्वास्थ्य परिक्षण भएको बताईएको छ ।
पर्सा चिकित्सक संघका अध्यक्ष श्रीमती नीता झाको अध्यक्षतामा भएको उक्त स्वास्थ्य शिविरमा कोषाध्यक्ष लुना बनर्जि,सह सचिव प्रिया सिह, निभा दास र कल्पना भगतको उपस्थिति रहेको सचिव श्रीमती निशा सिंहले जानकारी गराउन भयो ।
यसै बिच,
पर्सा सखुवाप्रसौनी गाउँपालिकाको सिद्धपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यु त्रिलोकी क्लिनिक बिर्ता तथा रोेट्री क्लब आफ वीरगञ्जको आयोजना तथा श्री नेरा आधारभुत विद्यालयको सहयोगमा भएको उक्त स्वास्थ्य शिविरमा बालरोग बिशेषज्ञ डा.आनन्द कुमार झा, दन्तरोग बिशेषज्ञ डा प्रेरणा प्रियादर्शनी, फिजिसियन शिव कुमार झा, स्त्री रोग बिशेषज्ञ डा मिता महर्जन,नाक कान घाटी रोग बिशेषज्ञ डा आमोद श्रेष्ठ, हार्डजोर्नी तथा नशारोग बिशेषज्ञ डा सास्वत प्रसाद र किरण आखाँ अस्पतालको प्राबिधिक टोलीलगायतले ४५० जना भन्दा बढी स्थानियको स्वास्थ्य परिक्षण गरेको क्लिनिकका संचालक श्याम गुप्ताले जानकारी दिनु भयो ।
शिक्षक तथा थारु अगुवा राजेन्द्र प्रसाद थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सो शिबिरमा बिध्यालयका प्र.अ प्रदिप चौधरी तथा स्थानिय जनप्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस