आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

मानव अधिकारी (एलाइन्स) बाराको जील्ला अध्यक्षमा अनिल तिवारी सर्वसम्मत

प्रिती कुमारी, जीतपुर २०७९ फागुन २७, शनिबार (२ हप्ता अघि) ३१ पाठक संख्या

मानव अधिकारी तथा समाजीक न्यायीक मञ्च (एलाइन्स) बाराको जील्ला अध्यक्षमा अनिल तिवारी सर्वसम्मतले चयन हुनुभएको छ । शनिवार बाराको सिमरामा सम्पन्न अगुवा भेलाले तिवारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

 

मञ्चको उपाध्यक्षमा निजगढका तिर्थप्रसाद गौतम, सचिवमा करैयामाईका श्रीराम साह, सह–सचिवमा कलैयाकी प्रतिमा यादब र कोषाध्यक्षमा जीतपुरसिमरा उपमहानगरपालिकाकी शान्ताकुमारी बजगाई चयन हुनुभएको छ । यसैगरी यस मञ्चको सदस्यमा हरिमाया लामा, सोनाम गुरुङ्ग र उषा सापकोटा चयन हुनुभएको छ ।

 

यसैगरी बैठकले फाल्गुन ३० र चैत्र १ गते काठमान्डौँमा हुने एलाइन्सको राष्ट्रिय सम्मेलनमा जान प्रत्येक पालिकाबाट १ जना र जील्ला कमिटिबाट ५ जना गरी २१ जना सहभागी गराउने सर्वसम्मतबाट निर्णय गरीएको जील्ला अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

 

अनिल तिवारीको सभा अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिहंको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमालेका प्रदेश सभा सदस्य मनोज पौडेल, मानव अधिकारी तथा समाजीक न्यायीक मञ्च (एलाइन्स) केन्द्रिय सदस्य कृष्ण लामाको विशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस