सिमरा :बारामा मोटरसाईकल दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको आदर्श कोतवाल-१, टोल जमुनियाका प्रहरी सहायक निरीक्षक लाल बहादुर साहको २० बर्षीय छोरा रामाकान्त साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
शनिवार बेलुका ६ बजेको समयमा महागढ़ीमाई नगपालिकामा पर्ने हुलाकी राजमार्गको थलही पुल नजिक दुर्घटना हुँदा रामाकान्तको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाईकल के कसरी दुर्घटना भयो यसको अनुसन्धान जारी रहेको समेत प्रहरिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस