काठमाडौँ- ओखलढुंगाबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना भएकाे छ। दुर्घटनामा परी ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएकाे छ।
प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुहिभीरमा बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हाे। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ। उद्दार कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस