काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो। यता, आइतबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १२ सय ४५ सय रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ १२ सय २० रुपैयाँ कायम रहेको थियो।
प्रतिक्रिया दिनुहोस