बारा – बारामा दुर्घटनामा परेको माोटरसाइकलको ट्यांकीभित्रबाट प्रहरीले गाँजा बरामद गरेको छ। बाराको पथलैयाबाट जितपुरतर्फ जाँदै गरेको बीआर ०५ एयु ६११४ नम्बरको मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिँदा साइकल यात्रु वडा नम्बर–३ मा बस्ने ६६ बर्षीय गोपाल श्रेष्ठ घाईते भएका थिए।
ठक्कर दिने मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका–९ बस्ने रमेश यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाईकलको टयाँकीभित्र लुकाइएको पाँच किलो गाँजा प्रहरीले बरामद गरेको बाराका प्रहरी प्रबक्ता पुरुषोतम पाण्डेले जानकारी दिए। चालक यादव र गाँजा ईलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान भइरहेको पाण्डेले बताए । यस्तै प्रहरीले आठ किलो गाँजासहित थप एक जनालाई बाराबाटै पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ रमौलीबाट सोही नगरपालिका वडा नम्बर १० बस्ने दशै मुखियालाई पक्राउ गरेको हो ।मुखियाले बोराभित्र लुकाई टाउकोमा बोकेर गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस