आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

रामचन्द्र पौडेलको राजीनामा स्वीकृत

एपी खबर २०७९ फागुन २८, आईतबार (१ हप्ता अघि) १७ पाठक संख्या

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए। सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आइतबार नै पौडेलको राजीनामा स्वीकृत गरेको कांग्रेसले जनाएको छ।

 

देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावनाअनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस