आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

विवाद बढ्दै गएपछि ठाकुरराम क्याम्पस वीरगञ्जमा हुने स्ववियु निर्वाचनको मिति सारियो

एपी खबर २०७९ चैत्र १, बुधबार (१ हप्ता अघि) १७ पाठक संख्या

वीरगञ्ज- मतदाता नामावलीको विषयलाई लिएर क्याम्पसमा विवाद चर्किँदै गएपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सारिएको हो। क्याम्पसमा बुधबार बसेको सर्वदलीय बैठकमा स्ववियु निर्वाचन सार्ने सहमति भएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका सहसचिव नवीन सिंहले जानकारी दिए। विवाद समाधान नभएपछि तत्कालका लाति स्ववियु चुनाव सार्ने सहमति भएको उनकाे भनाइ छ।

 

 

मतदाता नामावलीको विषयलाई लिएर विवाद बढ्दै गएपछि चैत ५ गते हुने भनिएको निर्वाचन ८ गतेको लागि सारिएको थियो। तर विवाद साम्य हुने नदेखिएपछि सर्वदलीय बैठक बसी आगामी जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको हो।८ गतेका लागि तोकिएको निर्वाचनको लागि मंगलबार उम्मेदवारहरूको मनोनयन दर्ता समेत गर्न सकिएको थिएन। विद्यार्थीहरूले मतदाता नामावलीकै विषयलाई लिएर क्याम्पसमा तालाबन्दी गरेका थिए।

 

 

यसअघि सोमबार साँझ मात्रै क्याम्पस प्रशासनले मतदाताको अन्तिम नामावलीसँगै निर्वाचनको तालिका प्रकाशन गरेको थियो। मतदाता नामावलीकै विषयलाई लिएर गत फागनु २६ गते विद्यार्थीहरूले क्याम्पसमा आगजनीसमेत गरेका थिए। स्ववियु निर्वाचन सारिनुमा क्याम्पस प्रशासनको दोष रहेको ठाकुरराम क्याम्पसका पूर्व स्ववियु सभापति मुकेश द्विबेदीको भनाइ छ। उनले मतदाता नामावलीको बारेमा विवाद सुल्झाउन समय हुँदाहुँदै पनि निर्वाचनको मिति सारिएको प्रति आपत्ति जनाए।

 

प्रतिक्रिया दिनुहोस