आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

बाराको जीतपुरसिमरा उपमहानगरपालिका फोहोर ब्यवस्थापनमा चुक्दै

अखिलेश कुमार यादव २०७९ चैत्र १, बुधबार (८ महिना अघि) २७३ पाठक संख्या

सिमरा : जीतपुरसिमरा उपमहानगरले आफ्नो नगरमा उत्पादन हुने फोहोर ब्यवस्थापन गर्न सकेको छैन जिल्लाका प्रमुख ब्यापारीक नगरका रुपमा परिचित जीतपुरसिमरा उपमहानगरपालिकामा उत्पादन भएका फोहोर ब्यवस्थापन हुन नसकेका कारण उपमहानगरका प्रमुख स्थाननै दुर्गन्धित हुदै जान थालेका छन् ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको फोहोर नियमित रुपमा नउठने गरेका कारण पानीले फोहोर कुहियर हिडदा नाक थुन्नु पर्ने अवस्था रहेको र बिभिन्न किसिमको रोग बाट ग्रसित हुने गरेको स्थानीयहरुले बताएका छन् । फोहोर राख्ने डस्टबिनको बन्दोबस्त न भएको कारण जीतपुरसिमराको नाला सबै फोहोरले भरिएको छ । जथाभावी रुपमा रोड,नाला,पसल अगाडी फोहोर फालेको कारण जीतपुरमा पसलको अगाडी फोहोर फालेको कारण व्यवसाय नै संकटमा पर्न थालेको व्यवसायी ओबलेश अन्सारीले बताएको छ ।

 

 

रोडमा फोहोर फाल्ने गरेका कारण जीतपुरसिमरा भएर आवत जावत गर्नेहरुलाई समस्या रहेको छ । पछिललो पटक जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ ले आफ्नो वडा को बजेट बिनियोजन गरेर सरसफाई अभियानलाई तिब्र बनाएको थियो भने बजेट सके पछि जीतपुरसिमरा उपमहानगरपालिकाले अब फोहोर व्यवस्थापनमा लगातार चुक्दै आएको वडा न ७ को वडा अध्यक्ष सुनिल गुप्ताले बताउनु भएको छ ।भित्रि नगर सफा भएपनि नगर भन्दा बाहिरका आसपासका क्षेत्रलाई सफा गर्न नसकेको र नगरबाट बाहिर जाने बाटोहरुको छेउछाउमा दैनिक रुपमा फालिएका फोहोरमैलाले सिमरा देखि जीतपुर र बिरगंज जाने बाटोको छेउछाउ नाकै थुनेर हिड्नु पर्ने बाध्यता रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले बजारक्षेत्रको फोहोरमैला ब्यवस्थापनको जिम्मेवारी बोकको र उपमहानगरकोे लापरवाही र ढिलासुस्तीका कारण बजार क्षेत्रमा त्यत्तिकै जथाभावी फोहोरमैला छरपस्ट रहेको छ ।

 

यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला अधिकारि उपमहानगर फोहोर व्यवस्थापनमा अत्यन्त सजग गम्भीर रहेको र फोहोरको व्यवस्थापन आधुनिक बैज्ञानिक तरिकाले कसरि गर्न सकिन्छ भनेर र व्यवस्थित तरिकाले फोहोर बिसर्जन गरेको पालिकामा गएर अध्ययन गर्ने र अब छिटै फोहोर व्यवस्थापनको समस्या समाधान हुने बताएका छन् ।जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थापन र नाला निर्माणमा खासै चासो देखाउन नसकेकोले र स्थानीय जनतामा सरसफाई सम्बन्धी जनचेतनाको कमिले बारा जिल्लाको मुख्य बजार जीतपुर दुर्गन्धित हुदै जानथालेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले सकेसम्म बजार क्षेत्रमा उत्पादित फोहोरमैला ब्यवस्थापन कार्य गर्दै जानुपर्ने र उपमहानगरपालिका क्षेत्र भित्रका प्रमुख वजार क्षेत्रको फोहोरमैला ब्यवस्थित गर्न स्थानीय, विद्यालय, एनजिओ, क्लब, स्थानीय जनसरोकारवालले वातावरण संरक्षणको लागि हातेमालो गर्दै फोहोरमैलालाई ब्यवस्थापन गर्न सके जीतपुरसिमरा उपमहानगरपालिकालाई स्वच्छ र सुन्दर उपमहानगर बनाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस