आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

एपी खबर २०७९ चैत्र २, बिहिबार (१ हप्ता अघि) १६ पाठक संख्या

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) नेपालले समानुपातिक सांसदबारे छलफल गर्नका लागि बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टी कार्यालय, बालकुमारीमा आज बिहान ११ बजे बस्ने बैठकले यसबारे छलफल गरी निर्णय लिनेछ।

 

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ।सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

 

सो निर्णयसँगै पार्टीको तर्फवाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ।जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

 

प्रतिक्रिया दिनुहोस