आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य

एपी खबर २०७९ चैत्र २, बिहिबार (१ हप्ता अघि) २१ पाठक संख्या

काठमाडौँ– भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

 

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस