आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

सेयर बजारमा ५.३२ अंकको गिरावट

एपी खबर २०७९ चैत्र २, बिहिबार (१ हप्ता अघि) ३० पाठक संख्या

काठमाडौं– साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ । १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ ।

 

बिहीबार ३४ लाख २ हजार २७६ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।यता, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

 

यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ ।बिहीबार १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाकी सबै कम्पनी राताम्मै भएको छ ।

प्रतिक्रिया दिनुहोस