आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

आरिफ शेख र गुल्शन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने

एपी खबर २०७९ चैत्र ३, शुक्रबार (१ हप्ता अघि) २२ पाठक संख्या

जनकपुरधाम – युएईविरुद्धको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख र गुल्शन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ।बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युएईविरुद्धको खेलमा आरिफले ५२ रन र झाले ५० रन बनाएका थिए।

 

मधेस प्रदेशबाट राष्ट्रिय टिममा खेलिरहेका दुवै जनालाई मधेस सरकारले जनही २ लाख रुपैयाँ दिने मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए।शेख पर्साका हुन् भने झा सर्लाही जिल्लाका हुन्।

प्रतिक्रिया दिनुहोस