आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

उपराष्ट्रपति निर्वाचन-मतदान सुरु

एपी खबर २०७९ चैत्र ३, शुक्रबार (१ हप्ता अघि) १५ पाठक संख्या

काठमाडौँ–मुलुकको नयाँ उपराष्ट्रपति चयनका मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा केहिबेरअघि मतदान सुरु भएको हो।  मतदान दिउँसो तीन बजेसम्म चल्ने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

 

उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव,जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन्।

जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन्।तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनको समेत नाम छ।

 

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ। सहायक निर्वाचन अधिकृत शर्माका अनुसार उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस