आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ५ विकेटले विजयी

एपी खबर २०७९ चैत्र ४, शनिबार (१ हप्ता अघि) २१ पाठक संख्या

काठमाण्डाै – अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । गएराति सकिएको खेलमा भारत ५ विकेटले विजयी भयो ।

 

जितसँगै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता बनाएको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए ।

 

अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अलआउट भएको थियो । उसका मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शामी र मोहम्मद शिराजले ३/३ विकेट लिए । दुई देशबीचको दोस्रो एकदिवसीय खेल भोलि र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस