आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेलाइ कसैले कमजोर बनाउन सक्दैन : एमाले नेता पौडेल

एपी खबर २०७९ चैत्र ४, शनिबार (१ हप्ता अघि) १५ पाठक संख्या

सिमरा : नेकपा एमालेका नेता तथा प्रदेस कमिटि सदस्य मनोज पौडेलले एमालेलाइ कमजोर बनाउन सबै शक्ति लागेको बताउनु भएको छ । उहाँले एमालेको पक्षमा जनता रहेकोले सबै मिले पनि एमालेलाइ कमजोर बनाउन नसक्ने दाबी गर्नु भयो ।

 

 

एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को बिस्तारित बैठकलाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।उहाँले माओबादिका कारण देश दुर्घटना मा पर्न लागेको बताउनुभएको छ ।

 

 

उहाँले माओबादी अध्यक्ष प्रचण्डले ढुलमुले नीति लिएको उल्लेख गर्दै नयाँ बनेको गठबन्धन ठगबन्धन भएको स्पष्ट पार्नु भयो । पार्टी कार्यकर्ताको एकताले नै यस्ता गठबन्धन परास्त पारिने उहाको भनाइ थियो ।

 

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सीता उप्रेतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य देबि सापकोटा,गिता घले,पुर्ण तिमल्सिना,मानव अधिकार एलाइन्सका बारा अध्यक्ष अनिल तिवारी,एमाले नगर सदस्य बिष्णु सापकोटा,गिता घले,अनिल गुप्तालगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण मालती कुमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस