आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

दोस्रो परवानीपुर गोल्डकप : वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधी उचाल्यो

एपी खबर २०७९ चैत्र ४, शनिबार (१ हप्ता अघि) १७ पाठक संख्या

वीरगन्ज,: दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधी वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । परवानीपुर खेल मैदानमा भएको फाईनल प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि उचालेको हो ।

 

प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ०–५ गोल अन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि उचालेको आयोजक परवानीपुर युथ क्लबका महासचिव दिपक यादवले बताए ।प्रतियोगितामा विजेता वीरगन्ज युनाईटड क्लब वीरगन्जले १ लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको थियो । विजेतालाई प्रदेश सभा सदस्य जितेन्द्र सोनारले पुरस्कार वितरण गरेका थिए ।भने उपविजेता जनकपुर स्पोर्ट क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ ।

 

उपविजेतालाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे । खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटड क्लब वीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए । प्रतियोगीतामा वीरगन्ज युनाईटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर , दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाएका हुन । यस्तै जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी राकेश यादवले बेस्ट फरवार्ड खेलाडीको पुरस्कार पाएका थिए ।

 

जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए । यस्तै वीरगन्ज युनाईटेड क्लब वीरगन्जका वेस्ट कोचको पुरस्कार मुना चौचारीले पाए ।प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस